Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सरकारको पर्फमेन्स पुगेन, विरोध गर्नु प्रतिपक्ष दलको धर्म हो : कांग्रेस

सरकारको पर्फमेन्स पुगेन, विरोध गर्नु प्रतिपक्ष दलको धर्म हो : कांग्रेस

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले सरकारको काम गर्ने गति नपुगेको निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको कामको गति नपुगेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

उनले भने, 'सरकारको पर्फमेन्स पुगेन। समग्रमा अझ राम्रो हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ। कतिपय कुरामा सरकारको स्पीड नपुगिरहेकै हो। यसमा सरकारमा रहेका दलसँग छलफल तथा समन्वय गर्ने ठाउँमा पुग्यौँ।'

यस्तै कांग्रेसले माओवादी केन्द्रसहित प्रतिपक्ष दलले भनेको आधारमा सरकार बन्ने र भत्किने नहुने दाबी गरेको छ । प्रवक्ता महतले विरोध गर्नु प्रतिपक्ष दलको धर्म भएपनि उनीहरुले भनेको आधारमा सरकार बन्ने र भत्किने नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077