Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन : कांग्रेस

प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन : कांग्रेस

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस नेतृत्वमा सरकार बन्ने लगाएतका दिएको अभिव्यक्तिको खण्डण गर्दै कांग्रेसका प्रवक्ता महतले प्रमुख प्रतिपक्षी दलले  सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै भएको बताए ।

उनले भने,‘ प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो । ‘उहाँ ‘प्रचण्ड’ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

साथै, उनले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताए ।

सत्तारूढ गठबन्धन दलहरूभित्र अझै समन्वय र सन्तुलनको आवश्यकता रहेको महतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077