Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन, अनि राजीनामा बुझाए : सुमना श्रेष्ठ

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन, अनि राजीनामा बुझाए : सुमना श्रेष्ठ

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमन श्रेष्ठले आफूले पार्टीबाट राजीनामा नदिएर सह महामन्त्री पदबाट मात्रै राजीनामा दिएको स्पष्ट पारेकी छन् ।

बिहिबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सो स्पष्टीकरण दिएकी हुन् । आफू सांसद र केन्द्रीय सदस्यको जिम्मेवारीमा भएको हिसाबले सह महामन्त्रीको पदमा न्यायोचित काम गर्न नसकेको भन्दै सभापतिलाई राजीनामा बुझाएको बताएको बताइन् ।

उनले पार्टीमा एक व्यक्ति र एक जिम्मेवारी रहनुपर्ने कुराहरू पटकपटक आफूले बैठकहरूमा राख्दै आएको र आफूबाट नै राजीनामाको सुरुवात गरेको समेत स्पष्ट पारेकी छन् ।

उनले सह महामन्त्री जस्तो जिम्मेवार पद र सांसद पद आफूले एकैपटक सम्हाल्न नसकेको समेत स्पष्ट पारिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077