Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

रास्वपाको महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय

रास्वपाको महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय

बिहिवार , बैशाख ४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको अर्को मिति तय गरेको छ ।

रास्वपाले यही वैशाखमा महाधिवेशन गर्ने भने पनि पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकले विसं २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ।

केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित पार्टीको ‘जन–यात्रा अभियान’ को कार्यविधि सर्वसम्मतले पारित गरेको कार्यवाहक प्रवक्ता झाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077