Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

संघीय संसद्का तीन समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

संघीय संसद्का तीन समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ ।

कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ। बिहान ११ः०० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१-८२ माथि छलफल हुनेछ ।

उता, बिहान ११ः०० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

दिउँसो १ः०० बजेबाट सुरू हुने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077