काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदैछन् ।
नारायणगढ बजारमा निर्माण गिएको ६ लेनको सडक उद्घाटन गर्नका लागि प्रधानमन्त्री ओली आज चितवन, भरतपुर जान लागेका हुन् ।
उनी सँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि रहने छन् ।
तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ गते यो सडकको शिलान्यास गरेका थिए ।