Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

विष्णु रिजाल भन्छन् - आदरणीय गुरुजन ! अब अति भएन र ?

विष्णु रिजाल भन्छन् - आदरणीय गुरुजन ! अब अति भएन र ?

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले सरकारका कुरा सुन्न आग्रह गरेका हुन् । उनले सरकारले बोलाइरहेको हुनाले सरकारको कुरा सुन्न आग्रह गरे ।

रिजालले मन्त्रिपरिषद्ले माग पूरा गर्ने निर्णय गरेको र संसद् बैठक पनि बोलाइसकेको बताए ।

उनले लेखेका छन्, 'आदरणीय गुरुजन ! सरकारका कुरा सुन्नुहोस्, सरकारले बेलाइरहेको छ। मन्त्रिपरिषद्ले माग पूरा गर्ने निर्णय गरेको छ, संसद् बोलाइसकेको छ। तपाईंहरूका समस्या छन्, बसेर समाधान पनि तपाईंहरू नै दिनुहोस्। अब अति भएन र ? कति दिनसम्म दुःख पाउनुहुन्छ ?'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077