Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

संविधान रक्षाका लागि तयार रहन सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन

संविधान रक्षाका लागि तयार रहन सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन

शुक्रवार , बैशाख ५, २०८२

पोखरा । गृहमन्त्री रमेश लेखकले संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् ।

उनले संविधान च्यात्ने र भत्काउने प्रयत्न भएकाले त्यसको सुरक्षाका लागि तयार भएर बस्न निर्देशन दिए।

गृहमन्त्री लेखकले भने,'संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिस कुनै हालतमा सैह्य हुन सक्दैन। क्षम्य हुँदैन। त्यसकारण सुरक्षा निकायका साथीहरू संविधानका रक्षाका लागि तयार हुनुस्।'

गृहमन्त्री लेखकले संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने बताए।

आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मको विरोध गर्न पाईने तर लोकतन्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न नपाईने उनको भनाई छ ।

गृहमन्त्री लेखकले थोरै समयमा धेरै संविधान बन्दा अस्थिरता अन्योल सिर्जना हुने बताए। अहिलेको संविधानलाई पनि संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्ने बताए।

कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश मातहत प्रहरी नहुँदा सरकारलाई काम गर्न गाह्रो भइरहेको बताए। संघीय प्रहरी ऐन बनाएर प्रदेशमातहत पनि प्रहरी राख्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077