Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

तोलामा ८०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

तोलामा ८०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको थियो। बिहीबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077