Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

निजामती कर्मचारीहरूले घेरे राज्य व्यवस्था तथा सुशासन समिति

निजामती कर्मचारीहरूले घेरे राज्य व्यवस्था तथा सुशासन समिति

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । निजामती कर्मचारीहरूको संयुक्त ट्रेड युनियन सञ्जालले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति कार्यालय घेराउ गरेका छन्।

सञ्जालले कर्मचारीअनुकूल कानुन बनाउनुपर्ने माग राखेर शुक्रबार कार्यालय घेराउ गरेका हुन्।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले समिति कार्यालय घेराउ गरे।

कर्मचारी संगठनहरूले समितिका सभापति रामहरि खतिवडालाई भेटेर ११ बुँदे माग समेटिएको ज्ञापन पत्रसमेत बुझाएका छन्।

सभापति खतिवडाले निजामती कर्मचारीहरूका अधिकांश मागहरू सम्बोधन भइसकेको र बाँकी केही मागहरू पनि सम्बोधन हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077