Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गभर्नर पक्का भएपछि भट्टले दिए राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा

गभर्नर पक्का भएपछि भट्टले दिए राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्।

गभर्नर बन्ने पक्का भएपछि कार्यकारी निर्देशक भट्टले आज राजीनामा दिएका हुन् ।

अहिले गभर्नर पद रिक्त रहेको छ। गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले राजीनामा बुझाएको स्रोतले बतायो।

सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो।

सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छ।

अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077