काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ ।
उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालयले जनाएको हो ।
उपचार लगत्तै जबरालाई पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मिश्र भने हिरासतमै छन् ।
राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ ।