Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई चितवनमा मेयर रेनुको स्वागत

प्रधानमन्त्री ओलीलाई चितवनमा मेयर रेनुको स्वागत

शुक्रवार , बैशाख ५, २०८२

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवन पुगेका छन् । तीन वटा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली चितवन आइपुगेका हुन् ।

उनी प्रधानमन्त्री ओली चितवन पुग्दा हेलिकप्टरमार्फत विमानस्थलमा ओर्लिएका थिए । उनलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले स्वागत गरिन् ।

मेयर रेनुले आफ्नो नगरमा आएका प्रधानमन्त्री ओलीलाई पुष्प गुच्छाले स्वागत गरिन् । सोही बेला प्रधानमन्त्री ओलीले रेनुलाई ‘छोरी सन्चै छौँ ?’ भनेर सोधेको बताइएको छ ।

प्रधानमन्त्री ओलीसँग उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि टोलीमा छन् ।

ओलीले चितवनमा बिहान इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् भने त्यसपछि नारायणगढ बजारमा निर्माण गरिएको ६ लेनको सडक उद्घाटन गरेका छन् ।

त्यसपछि नेकपा एमालेको भरतपुर महानगरपालिका कमिटीको अधिवेशन कार्यक्रम उद्घाटन गरेर फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077