Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी किन गइन् परराष्ट्रमन्त्री राणा ?

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी किन गइन् परराष्ट्रमन्त्री राणा ?

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका ‘तातोपानी’ पुगेकी छन् । तातोपानी पुगेकी परराष्ट्रमन्त्री राणाले त्यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरेकी हुन् ।

त्यतिमात्र होइन, उनले तातोपानी नाका र भन्सार कार्यालयलाई थप व्यवस्थित बनाउन निर्देशन समेत दिएकी छन् ।

पर्यटन प्रवर्धनका हिसाबले पनि सो नाका महत्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबरका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् ।

भोटेकोशी गाउँपालिका वडा नं २ अन्तर्गत पर्ने ऐतिहासिक तातोपानी धाराको पुनः निर्माण कार्य सम्पन्न भएको र तातोपानी धाराको नवनिर्मित भवनको उद्घाटन गराउने उद्देश्यले परराष्ट्रमन्त्री राणालाई सिन्धुपाल्चोक गएकी थिइन् । उनी प्रमुख अतिथिको रुपमा भोटेकोशी गाउँपालिका–२ तातोपानी पुगेकी हुन् ।

भवन उद्घाटन कार्यक्रम सकिएपछि नजिकै रहेको तातोपानी नाका निरिक्षण गर्न परराष्ट्रमन्त्री राणा गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077