Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

वर्तमान सरकारलाई बिचौलियाले चलाएको छ, बोझ थाम्न नसकेर आफैँ ढल्छ : प्रचण्ड

वर्तमान सरकारलाई बिचौलियाले चलाएको छ, बोझ थाम्न नसकेर आफैँ ढल्छ : प्रचण्ड

शुक्रवार , बैशाख ५, २०८२

कपिलवस्तु । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारलाई बिचौलियाले चलाएको आरोप लगाएका छन् ।

शुक्रबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई-मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको बताए ।

साथै उनले आफ्नो बोझ थाम्न नसकेर आफैँ ढल्ने दाबी गरे । बिचौलियाले चलाएको र राम्रा काम गर्ने कर्मचारीहरूलाई हटाएकाले अब यो सकार केही दिनमै ढल्ने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको पनि प्रचण्डको आरोप छ । 'कुलमान घिसिङलगायतका व्यक्तित्वहरूलाई हटाएर सरकारले गलत गर्‍यो। यो सरकार भ्रष्टाचारमा डुबेको छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077