Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कानून समितिको वार्षिक प्रतिवेदन संशोधनसहित पारित

कानून समितिको वार्षिक प्रतिवेदन संशोधनसहित पारित

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।

समितिको आज बसेको बैठकले प्रतिवेदन पारित गर्दै सङ्घीय संसद्को आउँदो बैठकमा पेश गर्ने निर्णय गरेको हो ।

प्रतिवेदनमा एक वर्षको अवधिमा समितिले सम्पादन गरेका कार्य, विधेयकमाथिको छलफल, संशोधन र पारित, विभिन्न स्थलगत अनुगमनलगायतका विवरण समेटिएका सभापति विमला सुवेदीले जानकारी दिए ।

यस वर्ष समितिले सङ्घीय संसद्‍बाट जारी भएका कानून कार्यान्वयनको अवस्थासम्बन्धी छलफल तथा हिरासतमा थुनुवाको मौलिक हकको सुनिश्चितता र कैदीबन्दी तथा बालसुधार गृहमा मानव अधिकारको अवस्थासम्बन्धी स्थगलत अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077