Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

लेखराजप्रति मेरो श्रद्धा र सम्मान छ, कठालो समातेको छैन : राजेन्द्रसिंह रावल

लेखराजप्रति मेरो श्रद्धा र सम्मान छ, कठालो समातेको छैन : राजेन्द्रसिंह रावल

शनिवार , बैशाख ६, २०८२

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पार्टीका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टसँगको कथित दुर्व्यवहारसम्बन्धी समाचारहरूलाई भ्रामक र कपोकल्पित भन्दै खण्डन गरेका छन् ।

शुक्रबार एक वक्तव्य जारी गर्दै एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रावलले भट्टको कठालो समातेको भनिएको आरोप असत्य र मनगढन्ते भएको दाबी गरेका हुन् ।

उनले भने, 'लेखराज भट्टज्यूप्रति मेरो व्यक्तिगत रूपमा श्रद्धा र सम्मान छ। कठालो समात्नु त परैको कुरा, दुर्व्यवहारसमेतको परिकल्पना गर्न सकिँदैन।'

रावलले हालै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको संयुक्त सरकारमाथि केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्म चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा पार्टीलाई बदनाम गराउने नियोजित प्रयास भइरहेको आरोपसमेत लगाए।

उनले थपे, “एकतर्फी र नाटकीय ढंगले कथा बुनेर सिंगो पार्टीलाई बदनाम गर्ने गतिविधि तत्काल बन्द गर्न आग्रह गर्दछु।”

राजनीतिक नियुक्तिका सन्दर्भमा उठेका प्रश्नप्रति प्रतिक्रिया दिँदै उनले सुदूरपश्चिम प्रदेश सरकारमा एमालेको तर्फबाट भएका सिफारिसहरू पार्टी नेतृत्वको निर्देशनअनुसार संसदीय दलको सर्वसम्मत निर्णयबाट गरिएको स्पष्ट पारे। “संसदीय दलमा कुनै मतभेद छैन, निर्णयहरू सर्वसम्मत रूपमा भइरहेका छन्,” वक्तव्यमा उल्लेख गरेका छन् ।

पत्रकारिताको मर्यादालाई स्मरण गराउँदै उनले सम्बन्धित पक्षको प्रतिक्रिया नलिई प्रकाशित गरिएका समाचारहरूप्रति गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077