Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो, सरकार र संसदलाई विश्वास गरेर घर फर्कनुस् : पूर्वमन्त्री झाक्री

अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो, सरकार र संसदलाई विश्वास गरेर घर फर्कनुस् : पूर्वमन्त्री झाक्री

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाक्रीले नेपाल शिक्षक आन्दोलनमा रमिता बढी भएको आरोप लगाएकी छन् ।

आज सामाजिक सञ्जालमार्फत झाक्रीले उक्त आरोप लगाउँदै विद्यालय फर्केर आफ्नो जिम्मेवारी बहन गर्न शिक्षकहरूलाई आग्रह गरेकी हुन् ।

विद्यालय शिक्षा ऐनबारे संसदीय समितिमा छलफल जारी रहेको र विधेयक संशोधनसहित पास हुने भएकोले सरकार र संसदलाई विश्वास गरेर घर फर्कन शिक्षकलाई उनको सुझाव छ ।

उनले ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको बताउँदै विधेयक समितिमा दफावार छलफलमा रहेको उल्लेख गरिन्।

विधेयक संशोधनसहित पास हुने भएकाले पनि छलफलले समय लिएको उनले बताइन्। उनले अब विधेयक समितिबाट पास हुने प्रक्रिया रहेको, समितिले पास गरेपछि हाउसमा जाने बताएकी छन्।

उनले लेखेकी छन्, 'ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ। सरोकारवाला सबैको चासो पनि छ।शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठीकै हो। किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन। अब आउँछ। विधेयक समितीमा दफावार छलफलमा छ। विधेयक संशोधनसहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो। अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ। समितिले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ।'

यस्तै नेतृ झाँक्रीले विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानुनले निर्धारण गरेको प्रक्रिया हुँदैनरु के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरूले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछरु भन्दै शिक्षकहरूलाई प्रश्न समेत गरेकी छन्।

राज्यको तलव खाएका शिक्षक कर्मचारीले समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभइ फर्कन्नौँ भन्न नमिल्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077