ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईविरूद्ध गृहजिल्ला ताप्लेजुङमा नाराबाजी भएको छ ।
कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका सचिव भट्टराईविरुद्ध नाराबाजी भएको हो ।
उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए । उनीविरुद्ध नो केबलकार समूह र पहिचानवादी समूहले नाराबाजी गरेका थिए ।
भट्टराई नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए । सोही बेला पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए । भट्टराई शौचालय भित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाएर सुरक्षा प्रदान गरेको थियो ।