Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

जगमान गुरुङले भने – ०८२ साल जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ

जगमान गुरुङले भने – ०८२ साल जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

समितिका संयोजक गुरुङले भने,‘गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन ? गणतन्त्र दिवस मनाउँछन् नि । यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ ।’
उनले छिमेकी राष्ट्र भारतमा पनि नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कियो भनेर चर्चा भइरहेको बताए ।

‘उनले भने,‘९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आयो भनिरहेका छन् । पूर्व सेनाध्यक्षको अन्तर्वार्ता छ्यापछ्याप्ती आएको छ ।असम्भव छैन ।’

भारतमा अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको मुद्रदा पूजाकोठामा राखेर यन्त्रको रुपमा पूजापाठ हुने गरेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077