Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

देशमा धेरै सम्भावना हुँदा पनि गाउँ रित्तो भए : शशांक कोइराला

देशमा धेरै सम्भावना हुँदा पनि गाउँ रित्तो भए : शशांक कोइराला

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र क्यालेण्डर लोकार्पण’ कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले नेताहरुले संविधानको रक्षा र कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिहरु एकीकृत भएर अगाडि बढ्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए।

उनले भने, ‘अहिले गाउँ रित्तो भएको छ, युवाहरु विदेश पलायन भएका छन्, नेपालमा पनि धेरै सम्भावना छ, ऊर्जा, पर्यटन र कृषिमा पर्याप्त सम्भावना छ, त्यो सम्भावनालाई रोजगारीमा परिवर्तन गर्न सबै लाग्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077