Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

संविधान रक्षा र शान्ति कायम गर्न एकसाथ उभिने तीन दलका शीर्ष नेताको निष्कर्ष

संविधान रक्षा र शान्ति कायम गर्न एकसाथ उभिने तीन दलका शीर्ष नेताको निष्कर्ष

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । तीन प्रमुख राजनीतिक दलका नेताहरूबीच गणतन्त्र पक्षधर शक्ति एक हुने सहमति भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बसेको बैठकले यस्तो सहमति गरेको हो ।

बैठकले विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि एक हुने निर्णय गरेको छ ।

आजको बैठकमा अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचैनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्ने सहमति भएको बताइएको छ ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077