Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेरुडे मिर्मिरे लघुवित्तद्वारा आलितालमा वित्तीय साक्षरता तथा गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न

नेरुडे मिर्मिरे लघुवित्तद्वारा आलितालमा वित्तीय साक्षरता तथा गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न

शनिवार , बैशाख ६, २०८२

डडेल्धुरा । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालय आलितालले वित्तीय साक्षरता, गुनासो सुनुवाइ तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम गरेको छ ।

शनिबार केन्द्र नं. ४२ की केन्द्र प्रमुख कृष्णा देवी बुढा मगरको सभाध्यक्षता र ८ नम्बरका वडा अध्यक्ष धन बहादुर देउवाको प्रमुख आतिथ्यतामा गाउँपालिका–०८ स्थित सभाहलमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडा अध्यक्ष देउवाले पानसमा बत्ति बालेर गरेका थिए । साथै उनले कार्यक्रममा बोल्दै लघुवित्त कार्यक्रमले गाउँघरका विपन्न तथा पछाडी पारिएका महिलाहरूलाई आर्थिक सक्षम बनाउने महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै लिएको कर्जा अरूको बचत भएकोले त्यसको समयमै भुक्तानी र सदुपयोगमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

क्लस्टर प्रमुख डण्डीराम बोहराले केन्द्र प्रमुखहरूको भूमिका, कर्जाको सदुपयोग र दुरुपयोगको असर, साथै बचतको फाइदाबारे सहभागीहरूलाई सचेत गराए ।

शाखा प्रमुख नर बहादुर साउदले संस्थाको परिचय, कर्जा तथा बचत योजना, ग्राहक संरक्षण कोष र वित्तीय साक्षरतासम्बन्धी जानकारी प्रस्तुत गर्दै सहभागीहरूमाझ संस्थाको सेवा प्रवाह स्पष्ट पारे ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष कृष्णा देवी बुढा मगरले लघुवित्तले महिलाहरूमा उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्दै संस्थालाई धन्यवाद दिइन् ।

साथै, उनले संस्थाले दिएको वित्तीय शिक्षाले समुदायमा सही तरिकाले कर्जा उपयोग गर्ने, समयमै भुक्तानी गर्ने र बचतको बानी बसाल्ने सकारात्मक संस्कार विकास भएको बताइन् ।

कार्यक्रममा प्रहरी चौकी आलितालका प्रमुख धन बहादुर धामी, चेतना साना किसान सहकारी संस्था आलितालका अध्यक्ष कृष्ण दत्त जोशी, संस्थाका कर्मचारीहरू अनिता सारु मगर, सुनिता सुनार लगायत ५९ वटा केन्द्रका केन्द्र प्रमुखहरू तथा उप–प्रमुखहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन देब बहादुर बोहराले गरेका थिए भने स्वागत मन्तव्य शाखा प्रमुख नर बहादुर साउदले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077