काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आइतबार निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने अभिव्यक्ति दिएका थिए ।
तर गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिलाई संविधान र कानुनको ठाडो उल्लंघन ठहर गर्दै त्यसमा संलग्न हुने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन गृह मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।