Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ताप्लेजुङका डीएसपीलाई योगेशको फोन - सुरक्षा व्यवस्था मजबुत बनाएकोमा धन्यवाद !

ताप्लेजुङका डीएसपीलाई योगेशको फोन - सुरक्षा व्यवस्था मजबुत बनाएकोमा धन्यवाद !

शनिवार , बैशाख ६, २०८२

ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावललाई धन्यवाद दिएका छन् ।

शुक्रबार ताप्लेजुङको फक्तालुङ गाउँपालिका-६ को लेलेपमा भएको घटनामा सुरक्षा व्यवस्था मजबुत बनाएको भन्दै उनले डीएसपी रावललाई फोन गरेर धन्यवाद दिएका हुन् ।

शुक्रबार कञ्चनजंघा हीरक महोत्सवको उद्‍घाटनका क्रममा हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका भट्टराईलाई नो केबलकार समूहले आक्रमणको प्रयास गरेका थिए।

नो केबलकार पक्षधरहरूले योगेश भट्टराई मुर्दावाद भन्दै शौचालयमा भट्टराईलाई आक्रमण गर्न अगाडि बढेका थिए ।

नो केबलकार समूहले नेता भट्टराईलाई आक्रमण गर्न लागेपछि ड्युटीमा रहेका दुईजना महिला प्रहरीले शौचालयको बाहिरबाट चुकुल लगाएर भट्टराईलाई सुरक्षा दिएका थिए ।

त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली शौचालय पुगेर भट्टराईलाई बाहिर निकालेर सकुशल हेलिकोप्टर चढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077