Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

आन्दोलनरत शिक्षकहरुलाई पोखरेलले भने - ढुक्क होऔं, अब विद्यालय शिक्षा ऐन पास हुन्छ

आन्दोलनरत शिक्षकहरुलाई पोखरेलले भने - ढुक्क होऔं, अब विद्यालय शिक्षा ऐन पास हुन्छ

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्दोलनरत शिक्षकलाई विद्यालय शिक्षा ऐन पास हुने कुरामा ढुक्क हुन आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले आन्दोलनरत शिक्षकलाई यस्तो आग्रह गरेका हुन् । उनले उक्त ऐन ल्याउने जिम्मेवारी लामो समय सम्हालेको माओवादी केन्द्रसँग अहिले सरकारलाई दोष दिएर पन्छिन खोजेको आरोप लगाए ।

‘विद्यालय शिक्षा ऐन अब पास नहुने कुरा छैन–ढुक्क होऔँ,’ उनले भने,‘विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग थियो। तर अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै पानी माथिको ओभानो बन्ने प्रयास लाजमर्दो छ।’

वर्तमान सरकार बनेको एक वर्ष पनि नपुगेको उल्लेख गर्दै उनले विधेयकमा आएका संशोधनहरूको गम्भीर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत काम अघि बढाइसकेको उल्लेख गरेका छन्। ‘अहिलेको सरकारले विगतमा नभएका पहलहरू गरिरहेको छ, जसको समर्थन गर्नु जरुरी छ,’ पोखरेलले लेखेका छन्।

माओवादी केन्द्रले आलोचना होइन, निःशर्त सहयोग गर्नुपर्ने पनि उनले लेखेका छन्। ‘आफूले नगरेको काम अहिलेको सरकारले गर्न खोजेकोमा धन्यवाद दिनुपर्छ,’ उनले अगाडि लेखेका छन्, ‘आन्दोलनरत शिक्षकहरूले पनि यथार्थ बुझ्नुपर्छ–जो काम गर्न खोज्दै छ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी होइन।’

विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित नभएको पोखरेलले भनेका छन्। शिक्षा ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको र वैशाख १२ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा यो प्राथमिकतामा रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077