Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । आज आइतबार पनि देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । शनिबार छुटेका बालबालिकालाई आज खुवाउन थालिएको हो ।

सरकारले वैशाख ६ र ७ गतेलाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तय गरेको थियो । जसअन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिन्छ ।

६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार समेत दिने गरिन्छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन देशभर महिला स्वास्थ्य स्वय‌ंसेविकाहरू परिचालित भएका छन् ।

योपटक पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077