झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजावादीहरू अहिले छटपटाइरहेको बताएका छन् ।
आइतबार बिहान नेपाल विद्यार्थी संघ झापाले भद्रपुरमा आयोजना गरेको दोस्रो जनआन्दोलनका शहीदहरू राजन गिरी र सुरज विश्वासको स्मृति सभामा बोल्दै सिटौलाले यस्तो बताएका हुन् ।
उनले राजतन्त्र फर्काउनेहरू धेरै छटपटाइरहेकोले आफ्नो काल आफैँ निम्त्याउन खोजेको बताए ।
‘पानीको माछा बालुवा राखेको जस्तो छटपटाहट अहिले राजवादीहरूमा देखिएको छ,’ उनले भने, ‘यो संविधानले राजा फर्काउँछ भन्ने कल्पना पनि तपाईँहरूले नगर्नुहोस्। आफ्नो काल आफैँ निम्त्याउन नखोज्नुहोस्।’
यही लोकतान्त्रिक गणतन्त्र व्यवस्थाभित्र बसेर जनताको हकअधिकार र प्रगति खोज्न राजावादीलाई उनले सुझाव दिए। पूर्वराजा ज्ञानेन्द्रलाई पनि अरूको उक्साहटमा नलाग्न सिटौलाले आग्रह गरे ।