Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सिंहदरबारभित्रै राप्रपाको प्रदर्शन, प्रहरी हेरेको हेरै

सिंहदरबारभित्रै राप्रपाको प्रदर्शन, प्रहरी हेरेको हेरै

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले प्रहरीलाई नराम्रोसँग झुक्याएका छन् । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्‍न भनेर पुगेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका सांसदहरूले भित्रै प्रदर्शन गरेपछि प्रहरी झुक्किएका हुन् ।

राप्रपा सांसदहरुले प्रहरीलाई झुक्याएर निषेधित क्षेत्र भनिएको सिंहदरबारभित्र प्रदर्शन गर्न भ्याए ।

प्रहरी सिंहदरबार बाहिरको निषेधित क्षेत्र कुरिरहँदा राप्रपा सांसदहरु भने सिंहदरबार भित्रै प्रदर्शनको तयारी गरिरहेका थिए । जसले गर्दा उनीहरुले सिंहदरबार भित्रै पर्चा देखाएर प्रदर्शन गर्न भ्याए ।

तीनकुने घटनाका न्यायिक छानबिन गर्न भन्‍दै राप्राका कार्यकर्ताहरू माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहँदा

त्यसलगत्तै सडकमा आन्दोलनमा सहभागिताका लागि निक्लिन खोज्दा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, ज्ञानेन्द्र शाही, दिपक सिंहलगायतका नेता तथा सांसदहरूलाई सिंगदरवारभित्रै प्रहरीले रोक्‍ने प्रयास गरे ।

प्रहरीले रोक्‍ने प्रयास गरेपछि उनीहरूले निषेधित क्षेत्र मानिएको सिंहदरबारभित्रै प्रदर्शन गरे ।

प्रदर्शनका क्रममा प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरूलाई सिंहदरबारबाटै नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ । आफ्ना नेताहरू पक्राउ परेपछि राप्रपाका नेता तथा कार्यकर्ताहरूले माइतीघरमा नारीबाजी गर्दै प्रदर्शन गरिहरिरहेका छन् ।

उनीहरूले पक्राउ परेका नेताहरूलाई तत्काल रिहाइ गर्न माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077