Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गुणाकर भट्टविरूद्धको रिट हेर्न नभ्याइनेमा

गुणाकर भट्टविरूद्धको रिट हेर्न नभ्याइनेमा

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । गभर्नरको उमेर हद हटाएको र गुणाकर भट्टको योग्यता नपुग्ने दाबी गरी हालिएको रिट सर्वोच्च अदालतले आज हेर्न नभ्याउने भएको छ।

आइतबार न्यायाधीशहरू हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको इजलासमा गभर्नर विवादसम्बन्धी रिट परेको थियो।

उक्त रिट अन्तिमतिर परेकाले हेर्न नभ्याइनेमा राखिएको हो।

अधिवक्ता विशाल थापाले शुक्रबार नै गुणाकर भट्टलाई सरकारले गभर्नर बनाउन लागेको तर उनको योग्यता नै नपुग्ने दाबीसहित पूरक निवेदन दिएका थिए।

अधिवक्ता थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

वैशाख २ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले ६५ वर्षे उमेर हद हटाउने गरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी आइतबार छलफलका लागि दुबै पक्षलाई बोलाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077