Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राप्रपाले भन्यो– अध्यक्षसहितका नेताहरूलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– अध्यक्षसहितका नेताहरूलाई अविलम्ब रिहा गरियोस्

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पक्राउ परेका अध्यक्षसहितका नेताहरुलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।

पार्टीले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गरेका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पक्राउ गरिएकामा अविलम्ब रिहाइको माग गरेको हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार भित्रै गिरफ्तारमा परेका थिए ।

पार्टीको आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् राप्रपा नेताको रिहाइको माग गरिएको छ ।

राप्रपाको आधिकारिक फेसबुक पेजमा भनिएको छ–‘सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार भित्रै गिरफ्तार गरेको छ।
शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्नुभएका राप्रपाका अध्यक्ष र नेताहरुलाई अविलम्ब रिहा गरियोस्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077