काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो । उनी अध्यक्ष राजेन्द्र लिंङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।
नियन्त्रणमा लिइएकाहरु सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
राप्रपाले पक्राउ परेका अध्यक्षसहितका नेताहरुलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।
पार्टीले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गरेका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पक्राउ गरिएकामा अविलम्ब रिहाइको माग गरेको हो ।