Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गणतन्त्रमाथि कुनै खतरा छैन, पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन केही कुराले रोक्दैन : प्रचण्ड

गणतन्त्रमाथि कुनै खतरा छैन, पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन केही कुराले रोक्दैन : प्रचण्ड

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने दाबी गरेका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संवैधानिक, कानूनी र अन्तर्राष्ट्रिय परम्परा केहीले पनि उनीहरूलाई राजनीतिमा आउन नरोक्ने जिकिर गरे ।

प्रचण्डले भने–‘संवैधानिक, कानूनी र अन्तर्राष्ट्रिय परम्परा कुनैले पनि रोक्दैन । उहाँहरू राजनीतिमा आउने इच्छा भयो भने रोक्ने कुनै पनि कुरा छैन । उपरराष्ट्रपतिजी म पार्टीको सिपाहीकै रुपमा काम गर्न चाहन्छु भनिसकेपछि केही कुराले रोक्दैन । मुख्य कुरा गणतन्त्र राम्रो हुनुपर्‍यो ।’

साथै, उनले राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै जोगाएर गणतन्त्र नजोगिने जिकिर गरे । गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका उनल भने–‘राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने होइन । यो नामले बच्ने होइन । कामले बच्ने हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077