Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

रविले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

रविले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।

उनको निवेदन दर्ता भइसकेको अदालतले जनाएको छ । लामिछानेले आफूलाई प्रचलित कानून विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको दाबी गरेका छन् ।

गैरकानूनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिन्छ । त्यसका लागि थुनामा रहेको व्यक्तिले आफू गैरकानूनी रुपमा थुनामा रहेको पुष्टि गर्नुपर्छ ।

लामिछानेले आफू गैरकानुनी रुपमा थूनामा राखिएको भन्दै निवेदन दर्ता गराएका हुन् ।

यसअघि थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए ।

त्यो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077