काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई पनि प्रहरीले पक्राउ गरेपछि नियन्त्रणमा पर्नेको संख्या सात पुगेको हो ।
उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो । उनी अध्यक्ष राजेन्द्र लिङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।
अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कटवाल गरी सात जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।