Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यान्सर विशेषज्ञ डा.सोनियालाई फेरि अर्को अमेरिकी अवार्ड

क्यान्सर विशेषज्ञ डा.सोनियालाई फेरि अर्को अमेरिकी अवार्ड

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । क्यान्सर विशेषज्ञ डा.सोनिया दुलाललाई अमेरिकी ‘गोल्डेन एप्पल अवार्ड’ले सम्मान गरिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत एसोसिएट प्रोफेसर डा. दुलाललाई हेल्थ भोलन्टियर्स ओभरसिज (एचभीओ)ले ‘गोल्डेन एप्पल अवार्ड’ दिएको हो ।

अमेरिकाको वासिङ्टन डिसीमा आयोजित एचभीओको २० औं वार्षिक उत्सवमा उनी सम्मानित भएकी हुन् ।

डा.दुलाल पाँच वर्षदेखि बिपी प्रतिष्ठानमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत छिन् । उनी नेपालमा मात्र डिएम मेडिकल अंकोलोजी गर्ने पाँच जनामध्ये एक हुन् ।

सन् २००६ देखि एचभीओले युवा चिकित्सकहरूको अनुसन्धान र बिरामी उपचारमा योगदानका आधारमा यो अवार्ड प्रदान गर्दै आएको छ ।

डा. दुलाललाई यो अवार्ड क्यान्सर उपचार र व्यावसायिक विकासमा गरेको योगदानको लागि दिइएको हो। उनले बिपी प्रतिष्ठानमा क्यान्सर उपचारको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेकी छन् ।

उनले बिपी प्रतिष्ठानमा क्यान्सर उपचारका लागि छुट्टै युनिट स्थापना गरी केमोथेरापी र क्यान्सर स्क्रिनिङ क्लिनिक चलाएको छ ।

उनले क्यान्सरमाथि थप अनुसन्धान गर्ने र ग्रामीण क्षेत्रमा क्यान्सर उपचार सेवाहरू विस्तार गर्ने लक्ष्य राखेकी छन् ।

यसअघि उनले अमेरिकाबाट ‘ग्लोबल अंकोलोजी यङ इन्भेस्टिगेटर अवार्ड’ पनि प्राप्त गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077