कैलाली । डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान नेपाल’ मा लागेको भन्दै नेकपा एमाले सूदूरपश्चिमका एक नेता निष्कासित भएका छन् ।
एमाले सुदूरपश्चिम सचिव रण बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरलाई निष्कासन गरेका हुन् ।
‘विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरी पार्टीको विरुद्धमा लागी भ्रमपूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड बालागिरी कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ को संशोधन सहित) को धारा ८१ को उप धारा (१) बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको छ’, उनको विज्ञप्तिमा भनिएको छ ।
[insert page='342197' display='yopanipadhnuhos.php']
एमालेबा निष्कासित रावलले नयाँ पार्टी निर्माणका अभियान चलाइरहेका छन् । आइतबार मात्रै बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएर रावलको अभियानमा साथ दिएका छन् ।