Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सरकारलाई धन्यवाद दिँदै महेश बस्नेत भन्छन् - सरकारले ढुङ्गाले हान्नेलाई फूलले हानेको छ

सरकारलाई धन्यवाद दिँदै महेश बस्नेत भन्छन् - सरकारले ढुङ्गाले हान्नेलाई फूलले हानेको छ

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले ढुङ्गाले हान्नेलाई फूलले हानेको भन्दै धन्यवाद दिएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर राणालाई सरकारले हाजिर जमानीमा छोडेको प्रसंगलाई सरकारले ढुङ्गाले हान्नेलाई फूलले हानेको संज्ञा दिँदै धन्यवाद दिएका हुन् ।

उनले महामन्त्री राणाको स्वास्थ्य अवस्थालाई ध्यान दिएर सरकारले मानवीय हिसाबले उनलाई हाजिर जमानीमा छुटाएको उल्लेख गरेका छन्।

बस्नेतले भनेका छन्, 'राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशशेर राणा हाजिर जमानीमा छुटेका छन्। स्वास्थ्य अवस्थालाई ध्यान दिएर सरकारले मानवीय हिसाबले उनलाई हाजिर जमानीमा छुटाएको हो। सरकारले ढुङ्गाले हान्नेलाई फूलले हानेको छ ! धन्यवाद नेपाल सरकार !'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077