Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतीय विद्युत मन्त्री खट्टर अरुण–३ जलविद्युतको अवलोकन गर्न नेपाल आउँदै

भारतीय विद्युत मन्त्री खट्टर अरुण–३ जलविद्युतको अवलोकन गर्न नेपाल आउँदै

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । भारतीय विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् ।

मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार नेपाल आउन लागेका हुन् ।

भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर आउन लागेको बताइएको छ ।

आयोजनाको अवलोकन गरी खट्टर बुधबार स्वदेश फर्किने छन् । साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरुण–३ को अवलोकन गर्न संखुवासभा पुग्ने बताइएको छ । उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राज कुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ ।

खट्टरले मन्त्री खड्कासँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानी साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्य तालिका छ ।

यस्तै, उनले ९ गते नै अरुण–३ जलविद्युत आयोजनाको बाँध तथा पावर हाउस क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किने छन् ।

सोही दिन ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत मन्त्री खट्टरले विभिन्न ठाउँका सवस्टेशन संयुक्त रूपमा उद्घाटन गर्ने छन् ।

यसैगरी, दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

वैशाख १० गते मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको दर्शन गरी नेपाली मन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर भारत फर्किने एसजेवीएनले जानकारी दिएको छ ।

एसजेवीएनले संखुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको काम अहिले तीव्र गतिमा गरिरहेको छ ।

एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077