Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छोरी भर्ना गर्न नपाएको झोकमा शिक्षकहरुको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी

छोरी भर्ना गर्न नपाएको झोकमा शिक्षकहरुको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । शिक्षकहरूको आन्दोलन २० दिनदेखि जारी छ । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयहरु बन्द छन् । पठनपाठनको त कुरै छाडौ, नयाँ शैक्षिक सत्रको भर्ना समेत हुन सकेको छैन ।

शिक्षकहरुको आजको प्रदर्शनमा एउटा फरक खालको घटना भयो । माइतीघर मण्डलादेखि बानेश्वरसम्मको प्रदर्शनका क्रममा आज शिक्षकविरुद्ध नै नाराबाजी भएपछि शिक्षकहरु नै झसंग भए ।

शिक्षकहरूविरुद्ध नाराबाजी गरिरहेका ती व्यक्तिलाई आन्दोलनरत शिक्षकहरूले नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूकै रोहबरमा प्रहरीले पक्राउ गरेको हो ।

नेपाल शिक्षक महासंघका अनुसार ती व्यक्तिले पटकपटक शिक्षकविरुद्ध उत्तेजक नाराबाजी गरेपछि उनीमाथि शिक्षकहरूले घेरा हालेर नियन्त्रणमा लिएका थिए ।

केही आक्रोशित शिक्षकहरूले उनलाई लछारपछार गर्दै कुटपिटसमेत गरेको दृश्य देखिएको थियो ।

कुटपिटका क्रममा ती व्यक्तिको लुगा च्यातिएको थियो भने प्रहरीले नियन्त्रणमा लिएपछि पनि उनी शिक्षकहरूलाई झम्टिन खोजेका थिए ।

प्रारम्भिक जानकारीअनुसार उनी ‘छोरी भर्ना गर्न पाइएन’ भन्दै अभिभावकको रूपमा आन्दोलनस्थलमा प्रवेश गरेका थिए ।

शिक्षकहरु नै आन्दोलनमा उत्रिएपछि विद्यालय बन्द हुँदा झण्डै ५० लाख विद्यार्थीको पठनपाठन ठप्प छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077