Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

स्वर्णिम वाग्लेले भने-राजनीति भ्रष्टाचारसँग जोडियो, सांसदहरू मन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ

स्वर्णिम वाग्लेले भने-राजनीति भ्रष्टाचारसँग जोडियो, सांसदहरू मन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले राजनीति असाध्यै खर्चिलो, बोझिलो र भ्रष्टाचारसँग जोडिएको बताएका छन् ।

भैरहवामा आयोजित उद्यमी गोष्ठीलाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका वाग्लेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सांसदहरू मन्त्री हुन नपाउने व्यवस्था तथा प्रदेश सभामा आमूल सुधारको खाँचो रहेको बताए ।

उनले भने,‘राजनीति असाध्यै खर्चिलो, बोझिलो र भ्रष्टाचारसँग जोडिएको छ । ५ करोडदेखि ७ करोड खर्च नगरी चुनाव जित्न नसकिने अवस्था छ । राज्य प्रणालीमै सुधार आवश्यक देखिन्छ ।’

सांसदहरू मन्त्री हुनै नपाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश सभाको आमूल सुधार वा खारेजीसम्म कुरा रास्वपाले उठाएको  उनले बताए ।

उनले भने,‘८८४ जना सांसदहरू तपाईंहरूले पालिरहनु भएको छ । काम छ यति धेरै सांसदको ? प्रदेशमा मात्रै ५५० जना छन् ।प्रतिनिधिसभामा २७५ जना छन्, त्यसैले प्रदेशसभाको खारेजीदेखि आमूल सुधारका कुरा हामीले गरेका छौं ।’

वाग्लेले प्रदेश संरचना पहिचानको हिसाबले रहने तर सांसद संख्या घटाउनेदेखि आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

अर्थतन्त्र संकटमा पर्नुको पछाडी राजनीति ठीक नभएको र कुशासन प्रमुख कारण भएको वाग्लेको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077