Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक सुरु, शिक्षकका माग मुख्य एजेन्डा

मन्त्रिपरिषद् बैठक सुरु, शिक्षकका माग मुख्य एजेन्डा

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठकमा जारी शिक्षक आन्दोलनको सम्बोधनका विषयमा छलफल हुने बताइएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले केहीबेर पहिले राजीनामा दिएकी छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै देशभरबाट जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंमा लगातार प्रदर्शन गरिरहेका छन् ।

शिक्षामन्त्री भट्टराईले शिक्षकका माग सम्बोधनका लागि पटकपटक वार्ता गरे पनि निकास निस्कन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077