Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रधानमन्त्रीको राजीनामा माग्दै राप्रपाले भन्यो - त्रुटि सच्याउन नवीन समझदारी अपरिहार्य छ

प्रधानमन्त्रीको राजीनामा माग्दै राप्रपाले भन्यो - त्रुटि सच्याउन नवीन समझदारी अपरिहार्य छ

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री ओलीले नवीन समझदारीका लागि मार्गप्रशस्त गर्ने समय आइसकेको बताएका हुन् ।

उनले भनेका छन्, 'शिक्षक आन्दोलनको मागमा छलफलसमेत गर्न नसक्ने यो राज्य प्रणाली कतिसम्म खोक्रो र कमजोर भइसकेको छ भन्ने स्पष्ट भइसक्यो। शिक्षामन्त्रीले मात्र होइन, अब प्रधानमन्त्रीले समेत नवीन समझदारीका लागि मार्गप्रशस्त गर्ने समय आइसक्यो ।'

संसद्को पहिलो र दोश्रो दलको गठबन्धन सरकारबाट समेत देशको विद्यमान समस्या समाधान हुन नसकेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले निकट भविष्यमा केही होला भन्ने ‘उज्यालो’ पनि नदेखिएको बताए ।

'देश दिन प्रतिदिन शिथिल, जर्जर र कमजोर बन्दै गइरहेको छ। सर्वत्र बेथिति अब देशले धान्न सक्दैन। सत्ता, सरकारहरूको परिवर्तनबाट मात्रै पनि केही हुनेवाला छैन। प्रणालीगत त्रुटि सच्याउन नवीन समझदारी आवश्यक र अपरिहार्य छ,' उनले उल्लेख गरेका छन् । साथै उनले नवीन समझदारीका लागि बाध्य पार्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077