Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्नसक्छ : प्रचण्ड

वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्नसक्छ : प्रचण्ड

मंगलवार , बैशाख ९, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने बताएका छन् ।

भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

'महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरी शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गर्दै क्रान्तिको मार्क्सवादी सिद्धान्तको विकास गर्नुभयो । पुँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उहाँले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ। मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छु, शुभकामना सन्देशमा उनले भनेका छन् ।

सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा विसं २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिस्ट पार्टीको स्थापना भएको पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077