Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

छैटौं जितसहित गुजरात शीर्षमा

छैटौं जितसहित गुजरात शीर्षमा

मंगलवार , बैशाख ९, २०८२

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको छ । हिजोको खेलमा गुजरातले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।

कोलकाताका कप्तान अजिंक्य रहानेले सर्वाधिक ५० रन बनाए । गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुई विकेट लिए ।

त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले तीन विकेट गुमाउँदै १९८ रन बनाएको थियो । गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए । यस्तै साई सुदर्शनले ५२ र जोश बटलरले अविजित ४१ रन जोडे ।

कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले समान एक विकेट लिए । जीतसँगै गुजरात आठ खेलबाट १२ अङ्कसहित शीर्ष स्थानमा छ ।

कोलकाता भने समान खेलबाट ६ अङ्कसहित सातौैं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077