Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

म शिक्षामन्त्री बन्न लागेको छैन, मिथ्या प्रचार भयो : अन्जान शाक्य

म शिक्षामन्त्री बन्न लागेको छैन, मिथ्या प्रचार भयो : अन्जान शाक्य

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेकी छिन् ।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि उक्त स्थानमा डाक्टर शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चार माध्यममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेकी हुन् ।

उनले आफूलाई जानकारी भएअनुसार केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर नै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको पनि उल्लेख गरेकी छिन् ।

उनले आफू विरुद्ध भएका यस्ता मिथ्या प्रचारबाजीलाई सही ठानेर पूर्वाग्रही र कपोलकल्पित प्रचारप्रसार नगरिदिन सम्पूर्ण सञ्चार माध्यमलाई अनुरोध गरिन् ।

‘म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रमक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो। यो विषयमा मैले नबोल्दा वा कुनै प्रतिक्रिया नदिँदा पनि हुने हो। तर, मेरा शुभचिन्तक, मसँग सरोकार राख्ने र आफन्तहरुमा समेत यहि भ्रामक र कपोलकल्पित प्रचारका कारण भ्रम सिर्जना होला भनी सामान्य केही जानकारी गराउने प्रयास गरेको छु,’ उनले भनेकी छन्, ‘तपाईँहरूलाई जानकारी नै छ। म भर्खरै मात्र अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएको छु। यसले केही हदसम्म भए पनि नेपालको इज्जत र प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरसम्म लैजान र उच्चो बनाउन केही भूमिका खेलेको होला भन्ने विश्वास मैले लिएको छु।’

उनले राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले अहिले ऐन कानुन बनाउन सक्रिय भूमिका खेल्नुपर्ने दायित्व भएको पनि स्मरण गराइन्।

‘त्यसैले अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिबद्ध छु। मलाई विश्वास गरेर आइपीयुमा निर्वाचित गराएको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा धोका दिनु हुन्न भन्नेमा पनि म प्रतिवद्ध छु,’ उनले भनिन्, ‘पूर्वराजदूतको समेत जिम्मेवारी सम्हालिसकेको अनुभव मात्रै होइन आफ्नो कर्तव्य र इमान्दारिताका लागि विश्व समुदायबाट सम्मानित भएर अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत पाइसकेको व्यक्ति हुँ भन्ने जानकारी पनि यहाँ स्मरण गराउँन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077