Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चर्चित ब्राजिलियन फुटबलर कार्लोस आज साँझ एलओडीमा सहभागी हुँदै

चर्चित ब्राजिलियन फुटबलर कार्लोस आज साँझ एलओडीमा सहभागी हुँदै

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । चर्चित ब्राजिलियन फुटबल स्टार रोबर्टो कार्लोस आज साँझ ठमेलस्थित एलओडी क्लबमा सहभागी हुने भएका छन् ।

दशरथ रंगशालामा जारी नेपाल सुपर लिगका लागि कार्लोस मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । सोही अवसरमा उनी एलओडी क्लबमा पनि सहभागी हुनेछन् ।

एलओडी क्लबका निर्देशक भुपेन कुँवरका अनुसार कार्लोसको नेपाल आगमन शुक्रबारका लागि तय भएको थियो । तर स्वास्थ्यको कारणले तीन दिन ढिला गरी उनी मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।

उनको नेपाल भ्रमणले सम्पूर्ण फुटबल प्रेमी दर्शकमा उल्लास छाउने पनि एलओडी क्लबका कुँवरको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077