Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धनगढीमा ग्रासरुट क्रिकेटले बढायो मित्रता र सिप, सिरिज नियमित रूपमा सञ्चालन हुने

धनगढीमा ग्रासरुट क्रिकेटले बढायो मित्रता र सिप, सिरिज नियमित रूपमा सञ्चालन हुने

मंगलवार , बैशाख ९, २०८२

धनगढी । धनगढी उपमहानगरपालिका अन्तर्गत सञ्चालन भइरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तर्गतको 'फ्रेन्डसिप सिरिज पुरुष' तर्फ सोमबार पहिलो खेल सम्पन्न भएको छ ।

चन्द्रोदय मावि फूलबारीको खेल मैदानमा भएको उक्त खेलमा सिद्धनाथ मावि जुगेडा र चन्द्रोदय मावि फूलबारीबिच प्रतिस्पर्धा भएको थियो ।

खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको फूलबारी सेन्टरलाई जुगेडाले ८० रनको लक्ष्य दिएको थियो। जवाफी पालीमा ब्याटिङ गर्न आएको फूलबारीको टिम १७ ओभरमै अलआउट हुँदै १५ रनले पराजित भएको थियो ।

जुगेडा सेन्टरका हेमन्त बोहरा खेलका नायक बने । उनले दोस्रो इनिङ को व्यक्तिगत चार ओभरमा ४ विकेट लिँदै केवल १० रन खर्चिएर प्लेयर अफ द म्याच बन्न सफल भए ।

खेलपछि जुगेडाका कप्तान कमल सुनार र फूलबारीका कप्तान सुबास बोहरा दुवैले ग्रासरुट क्रिकेट 'फ्रेन्डसिप सिरिज' ले खेलाडीहरू बिच मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउने मात्र नभई, खेल कौशल र आत्मविश्वास अभिवृद्धि गर्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

जुगेडा सेन्टरका प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीले फ्रेन्डसिप सिरिज अन्तर्गत महिला र पुरुष गरी दुवै समूहको खेल अबदेखि महिनामा चार पटक सञ्चालन गरिने लक्ष्य रहेको बताए ।

उनले भने, 'दैनिक दुई घण्टासम्म प्रशिक्षण लिइरहेका खेलाडीहरूका लागि यो सिरिज आत्म परीक्षण, दबाब व्यवस्थापन तथा प्राविधिक सिप अभिवृद्धिको राम्रो अवसर हो ।'

क्षेत्रीले धनगढी उपमहानगरपालिकाको लगानी अनुसारको प्रतिफल प्राप्तिमा पनि सिरिजले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । ग्रासरुट लेबलमा क्रिकेटको विकासको निम्ती यस्तो खालको कामको थानी गर्ने पहिलो स्थानीय तह धनगढी उपमहानगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077