Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

‘कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्’

‘कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्’

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । सत्ता हाँकिरहेको पार्टी नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षमन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई नैतिक धरातल उच्च भएको बताएकी छन्।

शिक्षामन्त्रीबाट भट्टराईको राजीनामाको विषयलाई लिएर एमालेवृत्तमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला शाक्यले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ‘भट्टराइको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्’ भनेर कामना समेत गरेकी छन् ।

शिक्षक आन्दोलन चलिरहेको बेलामा हिजो शिक्षामन्त्री भट्टराईले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई भेटेर राजीनामा बुझाएकी थिइन्।

कतिपयले शिक्षा विधेयक ल्याउन प्रधानमन्त्री ओलीले असहयोग गरेकै कारणले भट्टराईले पदबाट राजीनामा दिनु परेको आरोप लगाउँदै आइरहेका छन् भने कतिपयले ओलीले नै राजिनामा दिन सल्लाह दिएको अड्कल लगाइरहेका छन् ।

यही चर्चा चलिरहेको बेलामा एमाले उपाध्यक्ष शाक्यले भट्टराईको राजीनामाको विषयलाई लिएर नेतृत्व सामू प्रश्न उठाएकी हुन् ।

उनले फेसबुकमा भट्टराईको फोटो राखेर ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो ? विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ?’ भन्दै प्रश्न गरेकी छन् ।

उनले भट्टराईको नैतिकता सबैको लागि प्रेरणा बन्नुपर्ने समेत उल्लेख गरेकी छन् । ृनm
भनेकी छन्–‘कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ। कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077