काठमाडौं । राजतन्त्र पुनःर्स्थापना, संघीयता खारेजीलगायतको माग राखेर आन्दोलमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शन गरेको छ ।
गिरफ्तार भएका नेताको रिहाइको माग गर्दै राप्रपाले प्रदर्शन गरेको जनाएको छ ।
‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ राप्रपा काठमाडौं जिल्ला इकाइले प्रदर्शन गरेको हो ।
देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गर्ने बताएको राप्रपाले विज्ञप्ति समेत बुझाएको छ ।